अमेरिकाको ओक्लाहोमा अस्पतालमा गोली चल्यो : चार जनाको ज्यान गयो

डेटूडे खबर डेस्क
१९ जेठ २०७९
एजेन्सी
अमेरिकाको ओक्लाहोमा राज्यको टुलसामा रहेको एउटा अस्पतालमा गोली चलेको छ ।
चार जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गोली चलाउने पनि मारिएको बीबीसीले जनाएको छ ।
गोली चलेको सेन्ट फ्रान्सिस अस्पताल खाली गराउने काम भइरहेको त्यहाँका प्रहरी उपप्रमुख एरिक डालग्लिशले बताउनुभएको छ ।
अस्पतालमा आक्रमण गर्नुको उद्देश्य खुलेको छैन । गएको हप्ता टेक्ससमा रहेकाे एउटा विद्यालयमा भएको आक्रमणमा परि २१ जनाको ज्यान गएको थियो ।