सोनिया गान्धी अस्पताल भर्ना

  डेटूडे खबर डेस्क
  २९ जेठ २०७९

                            

कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस प्रमुख सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।

‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन् । सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट