महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा

  डेटूडे खबर डेस्क
  १६ आषाढ़ २०७९

                            

एजेन्सी

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिनुभएको छ ।

बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उहाँले राजीनामा दिनुभएको हो । सामाजिक सञ्जालबाट उहाँले मुख्यमन्त्री पद त्यागेको घोषणा गर्नुभएको छ।

साथै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दुःख नलागेको बताउनुभएको छ ।

ठाकरे भारतको शिवसेनाका प्रमुख हुनुहुन्छ । बहुमत परीक्षण गर्न आज विधान सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । ठाकरेले राज्यपाल भगतसिंह कोसियारीलाई राजभवन पुगेर आफ्नो राजीनामा बुझाउनु भएको छ ।

ठाकरेले विधान परिषद्को सदस्यबाट पनि राजीनामा दिने बताउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट