राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रपति निवास नछाड्ने श्रीलंकन प्रदर्शनकारीको अडान

  डेटूडे खबर डेस्क
  २७ आषाढ़ २०७९

                            

एजेन्सी । श्रीलंकाका प्रदर्शनकारीले राजीनामा नगरेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान राखेका छन् । देशमा आर्थिक संकट बढेपछि आक्रोशित बनेका श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासमा कब्जा जमाएका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधबार राजीनामा दिने बताएका श्रीलंकन सभामुखले जानकारी दिएका छन् ।

तर गोटाबायालाई सार्वजनिक रुपमा कतै पनि देखिएको छैन । गोटाबायाको गलत नीतिका कारण श्रीलंका आर्थिक संकटमा फसेको र आफूहरुले इन्धन, खाना तथा औषधि नपाएको नागरिकको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट