प्रि ओपन सेसनमा नेप्से सूचक २.३६ अंकले बढ्यो
डेटूडे खबर डेस्क
०५ श्रावण २०७९
प्रि ओपन सेसनमा नेप्से सूचक २.३६ अंकले बढेर २०५२.९५ को विन्दुमा आइपुगेको छ । ११ लाख ३२ हजार ९५३.५ रुपैयाँको सेयर कारोबार भएको छ । १ हजार ५१५ कित्ताको खरिदबिक्री भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।