साउन १३ गतेदेखि सर्वसाधारणका लागि आइपिओ आउँदै

  डेटूडे खबर डेस्क
  ११ श्रावण २०७९

                            

जनकपुरधाम ।  साउन १३ गतेदेखि सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरको आइपिओ आउने भएको छ | आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर सयपत्री हाइड्रोपावरले निष्कासन गर्न लागेको हो |

यसमा ५% अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २% अर्थात् १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्ममा छिटोमा साउन १७ गते यदि उक्त समयमा सबै सेयर बिक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ ।यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट