भारतमा मन्दिरमा भागदौड मच्चिँदा ३ जनाको ज्यान गयो

  डेटूडे खबर डेस्क
  २३ श्रावण २०७९

                            

एजेन्सी

भारतको राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको ज्यान गएको छ ।

सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

मन्दिरमा भक्तजनको भिडका कारण भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान मन्दिरको द्वार खुल्ने बित्तिकै भागदौड मच्चिएको त्यहाँको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट