आगामी चुनावमा १० अर्ब रुपैयाँ खर्च हुने निर्वाचन आयोगको अनुमान
डेटूडे खबर डेस्क
२९ श्रावण २०७९
जनकपुरधाम । निर्वाचन आयोगले आज आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँग गरेको छलफलमा आगामी मंसिर ४ गते हुने निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान रहेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हाल अनुमानित १० अर्ब खर्च हुने अनुमान रहेको बताए |
चुनावको समयमा बजारमा पैसाको आपूर्ति बढ्ने हुँदा यसले सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्न सक्ने अनुमान रहेको छ |