ट्याटु खोपेका दुई जनामा एचआइभी सङ्क्रमण देखियो
डेटूडे खबर डेस्क
३० श्रावण २०७९
एजेन्सी । भारतको उत्तर प्रदेशमा ट्याटु खोपेपछि दुई जनामा एचआइभी सङ्क्रमण देखा परेको छ । ट्याटु खोपेको केही दिन पछि उनिहरुको स्वास्थ्य अवस्थामा समस्या आए पछि उनीहरूलाई अस्पताल लगिएको थियो |
अस्पतालमा ज्वरो आएर उनीहरू आएका थिए | उनीहरूको भाइरल, टाइफाइड, मलेरियालगायतका धेरै परीक्षण गरिए पनि पोजेटिभ आएन । त्यस पश्चात् ज्वरो कम नहुँदा एचआइभी परीक्षण गरियो । उनीहरूमा एचआइभी सङ्क्रमण भएको पुस्टी भयो | पण्डित दीनदयाल उपाध्याय अस्पतालकी डा प्रीति अग्रवालले भनिन् |
द टाइम्स अफ इन्डियाको रिपोर्टमा उनले भनिन्, “न त उनीहरूले असुरक्षित यौन सम्बन्ध राखेका थिए, न त उनीहरूलाई सङ्क्रमित रगत चढाइएको थियो।” उनले समस्याको मूल कारण सङ्क्रमित सुई रहेको भनिन् ।
पछिल्ला दुई महिनामा, वाराणसी जिल्ला अस्पतालका डाक्टरहरूले आफ्नो शरीरमा ट्याटु खोपेर एचआइभी पोजेटिभ भएका दुई बिरामीहरू भेटेका छन्।
वाराणसीको कार्यालयले जिल्ला अस्पतालमा उपचार गराइरहेका दुई बिरामीहरूले आफूले रगत चढाएको वा कुनै असुरक्षित यौन सम्बन्धमा संलग्न नभएको , तर ट्याटु खोपे पछि पोजेटिभ देखिएको भनेको छ ।
जिल्लाको बरागाउँ इलाकाका २० वर्षीय जयन्त (नाम परिवर्तन)ले गाउँमा लागेको मेलामा हातको ट्याटु खोपेका थिए । केही महिनापछि उनको स्वास्थ्य बिग्रन थाल्यो । उनलाई उच्च ज्वरो आयो र कमजोर भयो। अनि उनी अस्पताल गएका थिए |यी सुईहरू प्रयोग गर्दा ट्याटु निर्माताहरू अत्यन्त सावधान हुनुपर्छ। यद्यपि, पैसा बचत गर्न, तिनीहरू धेरै व्यक्तिहरूमा एकल सुई पुन: प्रयोग गर्छन्, जसले गर्दा स्वास्थ्य समस्याहरू निम्त्याउँछन्।