भारत : हराएको नौ वर्षपछि फेला परिन् बालिका

  डेटूडे खबर डेस्क
  ०६ भदौ २०७९

                            

पूजा २२ जनवरी २०१३ मा सात वर्षकी हुँदा बेपत्ता भएकी थिइन् । उनलाई पश्चिम भारतको महाराष्ट्र राज्यको मुम्बई सहरमा रहेको उनको स्कुल बाहिरबाट एक जोडीले उनलाई आइसक्रिम खुवाएर लगेको उनले भनेकी छिन् ।

४ अगस्टमा उनी भागेर आफ्नो घर पुग्न सफल भएकी छिन् | उनकीआमा भन्छिन् “मैले आफ्नी छोरीलाई भेट्ने आशा छोडेको थिएँ। तर देवताहरूले मप्रति दयालु हुनुभएको छ” |

आफ्नै सन्तान नभएका कारण ह्यारी डिसुजा र उनकी श्रीमती सोनी डिसुजाले बालकलाई अपहरण गरेको प्रहरीले आरोप लगाएको छ । प्रहरीले डिसुजालाई पक्राउ गरेका छन् ।
उनी बेपत्ता हुनुअघि पूजा आफ्ना दुई दाजुभाइ र आमाबुवासँग उपनगरीय बस्तीमा रहेको सानो घरमा बस्दै आएकी थिइन्।

बेपत्ता भएको दिन उनी आफ्नो जेठो दाजुसँग स्कुल जान निस्किएकी थिइन् तर दुईजना बीच झगडा भयो र ढिलो दौडिरहेकोले उनको भाइ, उनलाई पछाडि छोडेर स्कुल पसे । त्यस बेला दम्पतीले उनलाई आइसक्रिम किन्ने वाचा गर्दै लगे।
पूजा भन्छिन्, कि दम्पतीले उनलाई सुरुमा गोवा र त्यसपछि पश्चिम र दक्षिणी भारतको कर्नाटकमा लगे र रोए वा आफूतिर ध्यानाकर्षण गरेमा कुट्ने धम्की दिएका थिए ।

उनी भन्छिन् कि उनलाई स्कुल जान दिइन्थ्यो, तर दम्पतीले आफ्नै बच्चा जन्माएपछि, उनलाई स्कुलबाट निकालियो ।
बच्चा जन्मिएपछि दुर्व्यवहार झनै बढेको पूजा बताउँछिन् । “उनीहरूले मलाई बेल्टले पिट्ने, लात हाने, मलाई मुक्का हान्ने, घरको काम लगाउँथे |”

तर एक दिन, पूजाले उनीहरू सुतिरहेको बेला दम्पतीको मोबाइलमा आफ्नो नाम टाइप गरिन्। उनले आफ्नो अपहरण र मद्दतको लागि कल गर्न सक्ने नम्बरहरू उल्लेख गर्ने भिडियो र पोस्टरहरू भेट्टाइन्। “त्यस बेला मैले मद्दत खोज्ने र भाग्ने निर्णय गरेँ,” उनी भन्छिन्।

हराएको पोस्टरमा रहेको एउटा नम्बरमा पूजाकी आमाको छिमेकी रफिकसँग सम्पर्क भयो। त्यस पछि आमा छोरीको भेट भयो | उनकी आमाले आफ्नी छोरीमा जन्म चिह्नले मात्र छोरी हो हैन भनेर चिनेकी थिइन |
पूजाको घर फर्किएपछि उनको परिवार मात्र होइन, उनलाई चिनेका सबैलाई खुसी लागेको छ । उनी सानै छँदा देख्ने छिमेकीहरू उनलाई भेट्न आएका थिए।
-बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट