सेयर बजारमा २.९९ अंकको सामान्य सुधार
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १४ भदौ २०७९  
  
                        
                            जनकपुरधाम । तीजको दिन नेप्सेमा हरियो छाएको छ | आज बजारमा २.९९ अंकको सामान्य सुधार देखिएको छ | बजार आज १९९५.२१ विन्दुमा बन्द भएको छ |
आज बजार सुरुको समयमा सकारात्मक देखिएको थियो तर पछि बजार झर्न थाल्यो | बन्द हुने बेलामा केहि सम्हालिदै हरियो भएर बन्द भएको हो |
बजारमा ७४ कम्पनीको मुल्य बढेको छ भने १०५ कम्पनीको मुल्य घटेको छ | २०,८५८ वटा कारोबार हुँदा बजारमा १,०१९,५१६,६९६ रुपैयाँको कारोवार भएको हो | आज २२६ कम्पनीको २,९१४,५०५ कित्ताको कारोवार भएको छ |
आज विन नेपाल लघुवित्तको बजार मुल्य ५० अंकले घटेको छ | अपर हेवाखोला को बजार मुल्य ३० अंकले बढेको छ | नेपाल टेलिकमको आज ९५,७७२,५७५ को टर्नओभर रहेको छ |
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           