भारतको एक कारखानामा आगलागी हुँदा १ जनाको मृत्यु, २० जना घाइते र धेरै बेपत्ता
डेटूडे खबर डेस्क
२६ भदौ २०७९
एजेन्सी । गुजरातको सुरत सहरको एक रासायनिक कारखानामा ठूलो आगलागी हुँदा एक मजदुरको मृत्यु भएको छ, अन्य २० जना घाइते भएका छन् र तीन जना बेपत्ता भएका छन् ।
शनिबार राति करिब १०.३० बजे सचिन गुजरात औद्योगिक विकास निगम (जीआईडीसी) क्षेत्रमा रहेको अनुपम रसायन इन्डिया लिमिटेड कारखानामा खतरनाक रसायन भण्डारण गर्ने कन्टेनरमा ठूलो विष्फोट हुँदा आगलागी भएको सूरतका इन्चार्ज चीफ फायर अफिसर बसन्त पारीकले बताए।
केही समयमै आगो फ्याक्ट्रीमा फैलिएको थियो जसमा एक मजदुरको मृत्यु भएको थियो, उनले भने। राति अबेरसम्म शव फेला परेको सचिन जिआइडीसीका प्रहरी निरीक्षक डीभी बलदानियाले जानकारी दिँदै आगलागीमा परी २० जना मजदुर घाइते भएको र उनीहरुको सहरका विभिन्न अस्पतालमा उपचार भइरहेको बताए ।
१५ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन करिब दुई घण्टा लागेको पारीकले बताए ।
उनले भने, ‘आगो नियन्त्रणमा आएपछि कारखानाभित्रै एक मजदुरको जलेको शव फेला परेको थियो ।