भारतको उत्तर प्रदेशमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ३१ भदौ २०७९

                            

एजेन्सी

भारतको उत्तर प्रदेशमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको लखनउमा लगातारको वर्षाका कारण मक्किएर कमजोर बनेको पर्खाल भत्किएको र त्यसले थिचिएर मानवीय क्षति भएको छ ।

उत्तर प्रदेशको दिलकुशा क्षेत्रमा भएको घटनापछि उद्धार जारी छ। यता यस घटना प्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेका छन्।

पीटीआईका अनुसार भारतका उत्तरी क्षेत्रमा विगत केही दिनदेखि लगातार वर्षा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट