विश्व हुलाक दिवस : नेपालको हुलाक सेवा संकटमा

  डेटूडे खबर डेस्क
  २३ असोज २०७८

                            

जनकपुरधाम ।  आज ९ अक्टोबर । विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक दिवस मनाइँदै छ । ९ अक्टोबर १८७४ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनलाई हुलाक दिवस मनाउने गरिन्छ ।नेपालले सन् १९७६ अर्थात २६ असोज २०१३ बाट विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो । यस वर्ष ‘इनोभेट टु रिकभर’ नाराका साथ विश्वभर विश्व हुलाक दिवस मनाइँदैछ ।

विश्वमा सन् १६३५ बाट आधुनिक हुलाक सेवा सुरु भएको मानिन्छ । कतिपय देशमा अहिले हुलाकको अस्तित्व छैन भने कतिपय देशले हुलाक सेवालाई आधुनिक बनाएका छन् । विश्व हुलाक संघको एक तथ्यांकअनुसार विश्वका १९२ देशमा ५० लाख भन्दा बढी हुलाककर्मी छन् ।

नेपालमा हुलाक सेवाको सुरुवात र इतिहास
१९३५ सालमा ‘नेपाल हुलाक घर’ को स्थापना भएसँगै नेपालमा हुलाक सेवाको सुरुवात भएको हो । यसपछि १९३७ मा तारिख टाँचाको पहिलो प्रयोग भएको थियो । १९३८ मा नेपाली हुलाक टिकटको पहिलो प्रकाशन भएको थियो ।

१९९३ मा नेपाल र भारतबीच सम्झौता भएपछि नेपाली र भारतीय टिकटको प्रयोगमा भारतमा र नेपालबीच पत्र पठाउने कामको सुरुवात भएको थियो । १ वैशाख २०१६ देखि नेपालले अन्तर्राष्ट्रिय हुलाक सेवा सञ्चालनमा ल्याएको थियो ।

सञ्चारका अन्य माध्यमको विकास भएसँगै हुलाक सेवा पछिल्लो समय ओझेलमा पर्दै भएको छ । सञ्चारका अन्य माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि नेपालमा अहिले हुलाक सेवा संकटमा परेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट