बङ्गलादेशमा डुङ्गा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ अझै धेरै बेपत्ता

  डेटूडे खबर डेस्क
  ११ असोज २०७९

                            

बङ्गलादेशको उत्तरी क्षेत्रमा डुङ्गा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा थप ७ जनाको शव फेला परेको हो ।

डुङ्गा दुर्घटनामा बेपत्ता भएका ३० जनाको अवस्था अझै थाहा हुन नसकेको बङ्गलादेशको प्रहरीले जनाएको छ । उनीहरुको खोजी चलिरहेको छ । प्रहरी निरीक्षक सिराजुल हुडाका अनुसार झण्डै सय जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो । आइतबार बेलुका २५ जनाको शव भेटिएको थियो ।

क्षमताभन्दा धेरै भार भएका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको सुरक्षा निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट