नक्कली नोटसहित एक भारतीय नागरीक पक्राउ

  डेटूडे खबर डेस्क
  १६ असोज २०७९

                            

सिरहा । सिरहामा एक हजार दरको नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन् । नरहा गाउँपालिका-४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट