महान पर्व छठको पहिलो दिन आज \"नहाय-खाय\"

  डेटूडे खबर डेस्क
  ११ कार्तिक २०७९

                            

जनकपुरधाम । जनकपुरधामसहित मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन-जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ ब्रतालुले आज ‘नहाय-खाय’ विधिबाट गर्दैछन् । ‘नहाय-खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।

कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ ।

यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट