जिम वर्कआउट गर्दा गर्दै हृदयघात भएर अभिनेता सिद्धान्तको निधन

  डेटूडे खबर डेस्क
  २५ कार्तिक २०७९

                            

एजेन्सी

भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघात भएर निधन भएको छ । सिद्धान्त टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’ लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ ।

४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो ।

उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका थिए ।

सिद्धान्त पछिल्लो पटक ‘जिद्दी दिल माने ना’ शोमा देखिएका थिए ।

सिद्धान्त फिटनेसका सौखिन थिए । सामाजिक सञ्जालमा उनी प्रायः जिम वर्कआउटको भिडियो शेयर गरेर फ्यानलाई प्रोत्साहन गरिरहन्थे ।

सिद्धान्तले सन् २०१७ मा मोडल तथा फेसन कोरियोग्राफर अलिसिया राउतसँग विवाह गरेका थिए । उनका दुई सन्तान छन् ।

यो उनको दोस्रो विवाह हो । यसअघि उनले ईरा सूर्यवंशीसँग सन् २००० मा विवाह गरेका थिए । तर उनीहरूले सन् २०१५ मै वैवाहिक सम्बन्ध टुंग्याएका थिए ।

जिम वर्कआउटका क्रममा हृदयघात भएका सिद्धान्त तेस्रो कलाकार हुन् ।

यसअघि कमेडियन राजु श्रीवास्तव र ‘भाभीजी घर पर हे’का अभिनेता दीपेश भानको पनि वर्कआउटकै क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट