चीनमा कोभिड विरुद्ध सरकारले चालेका कदमविरुद्ध प्रदर्शन

  डेटूडे खबर डेस्क
  १२ मंसिर २०७९

                            

बेइजिङ । चीनमा कोभिड विरुद्ध सरकारले चालेका उपायहरु विरुद्धमा तीव्र विरोध प्रदर्शन गरिएको छ ।

कोभिड विरुद्ध चालिएका उपायहरु कडा भएको भन्दै सार्वजनिक रूपमा नै प्रदर्शनकारीहरुले कम्युनिष्ट पार्टीका नेताहरूप्रति रिस पोखेका छन्। हजारौं प्रदर्शनकारीहरू सांघाईको सडकमा उत्रिएका र उनीहरुलाई प्रहरीले कारमा राखेका बीबीसीले समाचारमा उल्लेख गरेको छ । बेइजिङ र नान्जिङका विश्वविद्यालयहरूमा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। दुर्गम उत्तर-पश्चिमी शहर उरुमचीमा कडा लकडाउनका कारण १० जना व्यक्तिको मृत्यु भएपछि प्रदर्शन सुरु भएको हो ।

चिनियाँ अधिकारीहरूले भने कोविड प्रतिबन्धका कारण मृत्यु भएको कुरालाई अस्वीकार गरेका छन् र प्रतिबन्धहरू हटाउने वाचा समेत गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट