चुनावमा आफ्नो दल हारेपछि ताइवानकी राष्ट्रपतिद्वारा दलकाे अध्यक्ष पदबाट राजीनामा
डेटूडे खबर डेस्क
१२ मंसिर २०७९
स्थानीय चुनावमा आफ्नो दलले हार बेहोरेपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएको छ ।
हिजो भएको स्थानीय चुनावमा ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी)ले विजय हासिल गरेपछि राष्ट्रपति इङ–वेनले डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)को अध्यक्ष पदबाट राजीनामा दिएको बीबीसीले जनाइको छ ।
डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ । मतदान परिणामलाई चीनको बढ्दो दवाबको अवज्ञा गर्ने राष्ट्रपति वेनको प्रयासको असफलताका रूपमा हेरिएको छ ।
ताइवानको हक्का समुदायबाट निर्वाचित वेन ताइवानको पहिलो महिला राष्ट्रपति छ । उनले हारको जिम्मेवारी आफूले नै लिएर पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएको बतायो । उनी राष्ट्रपति पदमा भने रहनेछ ।