पेट्रोलियम पदार्थको मूल्य घट्यो

  डेटूडे खबर डेस्क
  २४ पौष २०७९

                            

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज एक विज्ञप्ती जारी गर्दै पेट्रोल/डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।

नेपाल आयल निगमको व्यवस्थापनको निर्णय अनुसार आज राती १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल / मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु. ३  ले घटाईएको हो ।

निगमले जारी गरेको विज्ञप्तीअनुसार नयाँ मूल्यसूची आज राति १२ बजेपछि लागू हुने । अब पेट्रोलको भाउ प्रतिलिटर १७५ रुपैया, डिजेल र मट्टितेलको मूल्य लिटरको १७२ रुपैयाँ कायम भएको छ ।

निगमले हवाइ इन्धनको मूल्य समेत समायोजन गरेको जनाएको छ । हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २० रुपैयाँ घटाउँदै रु १७० कायम गरिएको छ भने बाह्यमा प्रतिलिटर ३० रुपैयाँ घटाएको निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट