पृथ्वी जयन्तीको अवसरमा अभियानीहरुद्वारा शहीद गेटमा सरसफाइ

  डेटूडे खबर डेस्क
  २८ पौष २०७९

                            

जनकपुरधाम । ३०१औं पृथ्वी जयन्तीको अवसरमा सरसफाई अभियानीहरुद्वारा जनकपुरधामस्थित शहीदगेटमा सरसफाइ गरिएको छ ।

बुधबार सरसफाई अभियन्ता धिरेन्द्र साह एवं महिला तथा बालबालिकाको पहलमा सरसफाइ गरिएको हो । शहीद गेट र गेट वरिपरिको फोहोरले स्वास्थ्यमा परेको असर त्यस्तै गेटको सौन्दर्यीकरणमा समेत असर परेको हुँनाले त्यो दृष्टिगत गर्दै शहीद गेटलाई सरसफाइ गरिएको अभियन्ता साहले बताए ।

जनकपुरधामको मुख्य प्रवेशद्वार नै शहीद गेट हुँनाले शहीद गेट सफा स्वच्छ राख्नु नगरवासीको पनि कर्तव्य रहेको साहले बताए ।

 

 

फोहोरले गर्दा विभिन्न प्रकारको रोग ब्याधि लाग्ने मानवको स्वास्थ्यमा समेत असर पर्ने हुँनाले घर जस्तै समाजलाई  पनि हामीसबै मिलि सफा र सुन्दर बनाउँनुपर्ने जिम्मेवारी रहेको अभियन्ता साहले बताए ।

कार्यक्रममा पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, सरसफाइ अभियानी धिरेन्द्र साह, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्री, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत रेखा दत्त, धनुषा जिल्ला अदालतका अधिकृत विष्णु भट्टराई, उच्च अदालत जनकपुरका अधिकृत शुभा महतो, सरसफाइ अभियानी रुबी झा, सञ्चारकर्मीहरु आरती मण्डल, ओमप्रकाश साह, सहकारी संघ सिरहाका जिल्ला अध्यक्ष र काव्या हस्पिटलको चिकित्सक लगायतका टीमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट