पोखरा विमान दुर्घटना : फेला परेनन् तीन जना, भोलि पनि खोजी गरिने

  डेटूडे खबर डेस्क
  ०२ माघ २०७९

                            

काठमाडौं । आइताबर पोखराको सेती नदी खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा परि ३ जना अझैँ बेपत्ता रहेका छन् । सोमबार बिहानैदेखि गोताखोरलगायत उद्धार टोलीले खोजी कार्य अघि बढाए पनि ४ मध्ये एक जनाको शवमात्र फेला पारेको थियो ।

 

सोमबार थप एक शव फेला परेसँगै अझैँ ३ जनाको अवस्था अज्ञात रहेको छ । थप एकशव फेला परेसँगै ७२ मध्ये ६९ जनाको शव फेला परेको छ । अज्ञात तीन जनाको खोजी कार्य भोलि पनि गरिने बताइएको छ ।

 

यसैगरी विमान दुर्घटनामा निधन भएकामध्ये २४ जनाको शव परीक्षण पोखरामा हुने भएको छ भने बाँकी शवको परीक्षण काठमाडौंस्थित शिक्षण अस्पतालमा हुने जनाइएको छ ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट