नेपालले भारतसँग माग्यो थप हवाई मार्ग

  डेटूडे खबर डेस्क
  ०६ माघ २०७९

                            

काठमाडौँ । नेपालले भारतसँग थप हवाई मार्ग उपलव्ध गराउन आग्रह गरेको छ । शुक्रबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सो आग्रह गरेका हुन् । भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरिएको मन्त्री किरातीले जानकारी दिएका छन् । यो विषयमा राजदूत श्रीवास्तव सकारात्मक रहेको मन्त्री किरातीले बताए ।

उनले भने, ‘सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप  बढेको छ । त्यसैले थप हवाई प्रवेश मार्गका लागि अनुरोध महामहिम समक्ष गरियो । महामहिम श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैं सकारात्मक हुने बताए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट