भारतलाई आइसिसीको जरिवाना

  डेटूडे खबर डेस्क
  ०७ माघ २०७९

                            

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतीय क्रिकेट टोलीलाई न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा स्वलो ओभर रेटका कारण कारवाही गरेको छ ।

आइसिसीले भारतलाई स्वलो ओभर रेटका कारण ६० प्रतिशत म्याच फि जरिवना लगाएको छ । भारतले निर्धारित समय भन्दा तीन ओभर ढिलो सकेपछि ६० प्रतिशत म्याच फि जरिवना लागेको हो । आइसिसीको खेल कन्डिसन अनुसार एक ओभर ढिलो हुँदा २० प्रतिशत म्याच जरिवना लाग्ने गर्दछ ।

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले पनि उक्त गल्ती स्वीकार गरेका छन् । म्याच रेफ्री जवागल श्रीनाथले निर्धारित समय भन्दा तीन ओभर ढिलो खेल सकेपछि कारवाही गरेको जनाएका छन् ।

घरेलु टोली भारत पहिलो खेलमा १२ रनले विजयी भएको थियो । तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ५० रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९.२ ओभरमा ३ सय ३७ रनमा अल आउट भयो । न्युजिल्यान्डका माइकल ब्रेसवेलले ७८ बलमा १२ चौका र १० छक्कासहित सर्वाधिक १ सय ४० रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेका थिएनन् ।

राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो । भारतका शुभमन गिलले १ सय ४९ बलमा १९ चौका र ९ छक्कासहित २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए ।

गिल ओडिआईमा दोहोरो शतक प्रहार गर्ने विश्वका आठौं ब्याटर हुन् । भारतका पाँचौं खेलाडी बनेका थिए । दोस्रो खेल आज शनिबार र तेस्रो खेल मंगलबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट