आकाशमा उडिरहेको बेला महिलामाथि पिसाब फेर्नेलाई ४० लाख जरिवाना !

  डेटूडे खबर डेस्क
  ०७ माघ २०७९

                            

काठमाडाैँ । मध्य आकाशमा उडिरहेकाे बेला एक व्यक्तिले ७२ वर्षीय महिलामाथि पिसाब फेरेको घटनालाई लिएर करिब रू ४० लाख जरिवाना सुनाइएकाे छ । मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया वृद्धामाथि पिसाब फेरकाे घटनामा भारतको नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई साे जरिवाना गराएको हाे ।

गत नोभम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरिक शङ्कर मिश्राले महिलामाथि गरेको दुव्र्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गरएको हो ।

नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ ।

त्यसैगरी उक्त विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट