सञ्चार मन्त्रीलाई अतिरिक्त हुलाकका कर्मचारीहरुको ज्ञापन पत्र

  डेटूडे खबर डेस्क
  ०९ माघ २०७९

                            

काठमाडौँ । नेपाल अतिरिक्त हुलाक कर्मचारी युनियन (नापोज)ले सञ्चार तथा सूचना तथा प्रविधि मन्त्री रेखा शर्मालाई १३ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरुले आफ्ना समस्या समाधान गर्न आग्रह गरेका छन । द्वन्दकालको असहजतामा पनि सरकारी उपस्थितिको रुपमा विकट र दुर्गम स्थानमा काम गरेका अतिरिक्त हुलाकका कर्मचारीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको दुखेसो छ ।हुलाक सेवामा काम गर्ने कर्मचारीहरुलाई ‘आउट सर्भिस’ भनेर परिभाषित गरिनु अन्याय भएको अतिरिक्त हुलाक सेवाका कर्मचारीहरुको गुनासो छ ।

नेपाल सरकारले २०७८/०७९ मा राष्ट्रसेवक कर्मचारीहरुको मासिक २००० रुपैयाँका का दरले तलव बृद्धि गरेको, २०७९/०८० को बजेटमा पनि १५% ले बृद्धि भएको तर अतिरिक्त हुलाकका १०८५३ कर्मचारीहरुको मात्र तलव बृद्धि नभएको भन्दै उनीहरुले तलब बृद्धिको समेत माग गरेको युनियनको अध्यक्ष टंक प्रसाद हुमागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट