अयोध्यामा भगवान रामको मूर्ति बनाइने देवशिला जानकी मन्दिरमा ल्याइयाे, विशेष रुपमा पूजा अर्चना गरिँदै

  डेटूडे खबर डेस्क
  १५ माघ २०७९

                            

जनकपुरधाम । भारत उतर प्रदेशको अयोध्यामा भगवान रामको मूर्ति निर्माण गर्न नेपालको कालीगण्डकीबाट ल्याईएको देवशिला जनकपुरधाम आईपुगेको छ ।

शनिबार राति जनकपुरधाम ल्याइएको दुईवटा देवशिलाको आईतबार बिहान जानकी मन्दिर प्रांगणमा विशेष पूजा अर्चना गरिएको छ ।

देवशिला पूजनमा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि,मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, प्रतिनिधि सभा सदस्य जुली महतो लगायतले पूजा अर्चना गरेका हुन् ।

देवशिला दर्शनको लागि जानकी मन्दिर प्रांगणमा आज दिनभरि रह्ने र सोमबार बिहान पुनः पूजापाठ गरि अयोध्याको लागि हिँड्ने जानकी मन्दिरका मानमहन्थ राम तपेश्वर दासले बताए ।

अहिले दर्शनको लागि जानकी मन्दिर प्रांगणमा भक्तजनको भीड लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट