पाकिस्तानको एक मस्जिदमा बम विस्फोट, २८ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १६ माघ २०७९

                            

एजेन्सी । पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा बम विस्फाेट हुँदा २८ जनाको मृत्यु भएकाे छ । 

पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डाक्टर आजमका अनुसार मस्जिदमा  साेमवार दिउँसो नमाजको समयमा भएको विस्फोटमा २८ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा केही प्रहरीसमेत रहेका छन् । ६० जना घाइते भएकामा १० जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विस्फाेटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन्। 

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट