टर्कीमा आगलागी हुँदा सातको मृत्यु

  डेटूडे खबर डेस्क
  ०६ फाल्गुण २०७९

                            

भूकम्पबाट प्रभावित मध्य टर्कीमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । मध्य सहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्पपीडितको आगलागीमा परेर ज्यान गएको हो ।

ज्यान गुमाउनेहरु सिरियाली परिवारका सदस्यहरू रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रातको समयमा विद्युतीय हिटर वा स्टोभबाट आगलागी भएको हुनसक्ने अनुमान छ ।

सन् २०११ मा अरब देशमा गृहयुद्ध सुरु भएपछि लाखौँ सिरियाली शरणार्थीहरू अहिले टर्कीका विभिन्न सहरमा बसिरहेका छन् । टर्की र सिरियामा गएको भूकम्पका कारण शरणार्थीहरु थप समस्यामा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट