विश्वकप लिग–टू : नेपालसँग पीएनजी ३ विकेटले पराजित

  डेटूडे खबर डेस्क
  १९ फाल्गुण २०७९

                            

काठमाडौँ । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा युगिनी (पीएनजी) ३ विकेटले पराजित भएको छ ।

 

शुक्रबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ बनाएर नेपाललाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो ।

 

पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८६ रन बनाउन सफल भए । सन्दीप लामिछानेले ३५ रन बनाए । नेपाललाई जिताउन आसिफ र सन्दीपको विशेष योगदान रह्यो ।

ब्याटिङको सुरुवाती चरणमा खराब खेल प्रदर्शन गरेको नेपालले विकेट पतनसँगै खेल सुधार गरेको थियो । सन्दीप र आसिफको विशेष साझेदारीले नेपालले खेल जित्न सफल रह्यो । दुवैले ७७ रनको योगदान पुर्याए ।

यस्तै, शून्य रनमै ओपनर ब्याटर कुशल भुर्तेल आउट भए । आरिफ शेख र रोहित पौडेल एक एक रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ८ रन जोडे भने ज्ञानेन्द्र मल्ल ६ र भीम सार्कीले ८ रन बनाउन सफल भए । कुशल मल्ल २३ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट