जेठ १४ गते सार्वजनिक बिदा
डेटूडे खबर डेस्क
०८ जेठ २०८३
जनकपुरधाम । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बिहीवार सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् । गएको फागुन १८ गते नै सरकारले राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो ।
