सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

  डेटूडे खबर डेस्क
  ०२ चैत्र २०७९

                            

जनकपुरधाम ।  सुनको भाउ आज बिहीवार तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो बुधवार स्थिर रहेको सुनको भाउ आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख पाँच हजार सात सय रुपैयाँ थियो । यो हप्तामा मात्रै सुनको भाउ तीन हजार दुई सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन सुनको भाउ तोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी पाँच रुपैयाँले बढेर एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट