सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

  डेटूडे खबर डेस्क
  ०८ चैत्र २०७९

                            

जनकपुरधाम । सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले घटेको छ । 

हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ७ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर आज एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट