फ्रान्समा हिमपहिरोमा परेर चार जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २७ चैत्र २०७९

                            

एजेन्सी 

फ्रान्समा हिमपहिरोमा परेर चार जनाको मृत्यु भएकाे छ भने केही घाइते भएका छन् ।  त्यसतै दुई जना बेपत्ता छन् ।

फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको मोन्ट ब्लकमा रहेको हिमशृङ्खला आरोहणका क्रममा हिमपहिरो गएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाएका चार जनामध्ये दुई जना माउण्टेन गाइड रहेका फ्रान्सका गृहमन्त्री गेरलाड डर्मिनिनलाई उदृत गर्दै खबरमा उल्लेख छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।  हिमपहिरोमा हराएका दुई जनाको खोजी भइरहेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपहिरो गएको दिन हिजो त्यहाँ धेरैजसो पर्वतारोहणका लागि पुगेका थिए । यो सिजनमा त्यहाँ पर्यटकको चहलपहल बढ्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट