सप्तरीमा छुट्टाछुट्टै ठाउँमा आगलागी

  डेटूडे खबर डेस्क
  २९ चैत्र २०७९

                            

सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा पाँचवटा घर जलेको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् भने ६ वटा चौपाया जलेर मरेका छन् ।

जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर १ बैरबामा मंगलबार आगलागी हुँदा तीन वटा घर जलेको छ । स्थानीय बिनय खंगको घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केको आगोले आगलागी हुँदा उनीसहित रामेश्वर खंग र धुरेन्द्र खंगको घर जल्दा रु १० लाख बराबरको क्षति भएको छ ।

उक्त आगो निभाउने क्रममा ५२ बर्षीय बिन खंगको ढाड र पिठयूँ जलेको छ भने ३५ बर्षीय राजिन्द्र सदाको नाक जस्ताबाट काटिएको छ । दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको इकाला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

आगलागीमा बिनय खंगको घरसहित १० क्वीन्टल धान, १ क्वीन्टल गहुँ, लत्ताकपडा, फर्निचर जलेको छ, भने एउटा बाछा समेत जल्दा रु ५ लाख बराबरको क्षति भएको छ । रामेश्वरको घरसहित १० क्वीन्टल धान, ५ क्वीन्टल गहुँ, नगद २० हजार, टेलिभिजन १ थानसहित सबै सामान जल्दा रु २ लाख ५० हजार बराबरको क्षति भएको छ ।

यस्तै, बिरेन्द्रको घरसहित साइकल, टेलिभिजन १-१ थान, नगद रु ३० हजार, चामल ५० किलोसहितका सामान जल्दा रु १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

आगोलाई स्थानीयबासी, प्रहरी र कंचनरुप नगरपालिकाको दमकलले निभाएको थियो । यसैगरी रुपनी गाउँपालिकामा आगलागी हुँदा दुई वटा घर जल्नुका साथै पाँच वटा चौपायाको जलेर मृत्यु भएको छ ।

रुपनी गाउँपालिका वडा नम्बर २ पिपराही बस्ने राम नारायण साहको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । आगलागीले उनीसहित उनका भाई शिब नारायणको घर जलेको छ ।

आगलागीले रामनारायणको घरसहित घरभित्रका सबै सामान र तीन वटा खसीको जलेर मृत्यु हुँदा रु ५ लाख बराबरको क्षति भएको छ । आगलागीले शिवनारायणको घरसहित सबै सामान र दुई वटा बाख्रा जल्दा रु ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र शम्भुनाथ नगरपालिकाको दमकलले निभाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट