सांसद कोइरी निलम्बित

  न्यूज डेस्क
  १९ वैशाख २०८०

                            

काठमाडाैँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले आज नेकपा (एमाले) का सांसद कोइरीलाई निलम्बन गरेको हो ।

 
 

प्रहरी प्रधान कार्यालयको यही वैशाख १७ गतेको पत्रबमोजिम प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्थाबमोजिम सांसद कोइरी निलम्बनमा परेका हुन् ।

कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने थियो ।

महोत्तरी जिल्ला अदालत, जलेश्वरमा हालसम्म पनि हाजिर नगरी फरार रहेको प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख भएबमोजिम सांसद कोइरीलाई आज सभामुखले निलम्बन गर्ने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट