पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

  डेटूडे खबर डेस्क
  २६ वैशाख २०८०

                            

एजेन्सी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामावाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको एक भिडियोमा देखिएको छ । खानलाई एक अपराधीलाई जसरी लछारपछार गरेर पक्राउ गरेको खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले जनाएको छ । खानलाई कुन मुद्दामा हिरासतमा लिइएको हो भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट