जनकपूरधाम: कुटपिट गरी रब्बानी राईनको हत्या

  न्यूज डेस्क
  २७ वैशाख २०८०

                            

(डेटूडे खबर), जनकपूरधाम।

जनकपूरधाम उप.महानगरपालिका -७ बस्ने जाकिर कवाडीका २६ वर्षिय छोरा रब्बानी राईनको बुधवार उपचारको क्रममा मृत्यु भएको छ।

मंगलवार सााँझ घरमै बोलाउन आएका साथीहरुसँग राईन बाहिर गएको राईनलाई अनुज तिवारी नामका एक साथीले प्रादेशिक अस्पताल जनकपूरधाममा राती ११ बजे घाईते अवस्थामा भर्ना गराएर फरार भागेका ‍थिए। राती अस्पतालमै मोबाईल छुटाएका तिवारीले बुधवार बिहान मोबाईल लिन आउँदा राईनका  आफन्त र प्रहरीले नियन्त्रणमा लिएका छन्। राईनको शरिरभरी चोटपटक लागेको ढामहरु देखिन्छ। 

यता प्रहरीले घटनाको अनुसन्धानको क्रममा तिवारी सहित दुई जनालाई पक्रउ गरेको छ। प्रहरी उपरीक्षक विश्वराज खड्काले घटनामा रहेकाहरुको खोजि कार्य जारी रहेको र अहिले प्रारम्भिक अनुसन्धानमा कुटपिटबाट राईनको मृत्यू भएको हुन सक्ने देखिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट