रेशम चौधरीको कैद सजाय माफी
डेटूडे खबर डेस्क
१४ जेठ २०८०
काठमाडौं। सरकारले सर्वाेच्च अदालतबाट पनि जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीको कैद सजाय माफी गरेको छ ।
मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले रेशमको जन्मकैद सजाय माफी गर्ने निर्णय गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’