जम्मु बस दुर्घटनाः दश जनाको मृत्यु, पचपन्न घाइते

  न्यूज डेस्क
  १६ जेठ २०८०

                            

एजेन्सी। जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् । सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्दन कोहलीले बताएका छन् । त्यहाँ उद्धारका काम पनि पूरा भएको छ । सबै घाइतेलाई अस्पताल पु¥याइएको छ । उद्धारमा अर्धसैनिक टोली र राज्य विपद् प्रतिक्रिया विभागका कर्मचारीले प्रहरीलाई सघाएका थिए । बसले क्षमताभन्दा बढी यात्री बोकेको प्रहरीले बताएको छ । त्यससम्बन्धमा अनुसन्धान गरिने एसएसपी कोहलीले बताए । बसमा विहार राज्यबाट आएका यात्रीका साथै अमृतसरका मानिस पनि सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट