सप्तकोशीमा खसेको मालवाहक ट्रक निकालियो

  न्यूज डेस्क
  ३० आषाढ़ २०८०

                            

जनकपुरधाम। सप्तकोशी नदीमा खसेको  मालवाहक ट्रक एकदिनपछि निकालिएको छ। शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे१ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो।

क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा केहीबेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो।

सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको १० नम्बर ढोका अगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो। ट्रकमा सवार तीनजना लाई सकुशल उद्धार गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट