पाकिस्तानको एसिया कप खेल्ने टोली घोषणा

  डेटूडे खबर डेस्क
  २५ श्रावण २०८०

                            

एजेन्सी । उपाधि दाबेदार पाकिस्तानले अर्को महिना हुने एकदिवसीय एसिया कप खेल्ने टोली घोषणा गरेको छ । ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कपमा पाकिस्तानले बाबर आजमको कप्तानीमा टोली घोषणा गरेको हो । 

पाकिस्तानले एसिया कप अघि अफगानिस्तानसँग तीन ओडिआई खेलको सिरिज खेल्नेछ । २२, २४ र २६ अगष्टमा अफगानिस्तानसँग सिरिज खेल्नेछ । पाकिस्तानले अफगानिस्तानको लागि एसिसी इमर्जिङ एसिया कपको फाइनलमा भारतविरुद्ध सानदार शतक हानेका तयाब ताहिर, फहिम अशर्फ र साउद सकिललाई टोलीमा मौका दिएको छ ।

पाकिस्तानले आफ्नो पहिलो रोजाईको टोलीलाई नै एसिया कपमा मैदान उतार्नेछ । एसिया कपको समूह ए मा पाकिस्तान, भारत र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तानले ३० अगष्टमा घरेलु मैदान मुल्तानमा नेपालसँग खेल्दै एसिया कपमा सुरुवात गर्नेछ । दोस्रो खेल २ सेप्टेम्बरमा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

पाकिस्तानले तीव्र गतिका बलरमा शाहिन शाह अफ्रिदी, नसिम शाह, हरिस रौफ र मोहम्मद वासिम जुनियरलाई टोलीमा समेटेको छ । ब्याटिङमा बाबर आजम, मोहम्मद रिजवान, फखार जमाम, इमाम उल हक जस्ता खेलाडी समेटेको छ । शन मकसुद भने खराब प्रदर्शनका कारण टोलीमा नपरेको जनाएको छ ।

पाकिस्तानको एसिया कप खेल्ने टोली :

बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक, फखार जमान, हरिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसिम शाह, सलमान अली अघा, शादब खान, शाहिन अफ्रिदी, तयाब ताहिर, उस्मान मिर, फहिम अशरफ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट