पाकिस्तानले घोषणा गर्‍यो भोलि नेपालसँग खेल्ने टिम ११, को को परे ?

  डेटूडे खबर डेस्क
  १३ भदौ २०८०

                            

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्डले भोलि नेपालसँग हुने एसिया कप २०२३ को लागि प्लेइङ ११ टिम घोषणा गरेको छ ।

पाकिस्तानले बाबर आजमको कप्तानीमा प्लेइङ ११ घोषणा गरेको हो । टिममा सहदाब खान (उपकप्तान), फकर जमान, इमाम उल हक, सलमान अली आघा, इफ्तिकर अहमत, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद नवाज, नसिम साह, साहिन साह अफ्रिदी र हरिस राउफ छन् ।

पाकिस्तानी क्रिकेट बोर्डले बुधबार दिउँसोदेखि सुरु हुने खेलका लागि मंगलबार राति नै बाबर आजमको कप्तानीमा प्लेइङ–११ सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट