बेबी मलिङ्गाको उत्कृष्ट बलिङमा बंगलादेश सस्तैमा अल आउट

  डेटूडे खबर डेस्क
  १४ भदौ २०८०

                            

एजेन्सी । युवा तीव्र गतिका बलर मथिसा पाथिराना (बेबी मलिङ्गा) को उत्कृष्ट बलिङसँगै बंगलादेशले एसिया कपमा घरेलु टोली श्रीलंकालाई १ सय ६५ रनको सामान्य लक्ष्य दिएको छ ।

पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ४२.४ ओभरमा १ सय ६४ रनमा अल आउट भयो । बंगलादेशका तेस्रो नम्बरका ब्याटर नाज्मुल हसन शान्टोले १ सय २२ बलमा ७ चौकासहित सर्वाधिक ८९ रनको योगदान दिए ।

सान्टो स्पिनर महेश थिक्सेनाको बलमा एलबीडब्लू आउट भएपछि शतक बनाउन चुकेका थिए । एक समय बंगलादेश १२७(४ को अवस्थामा रहेपनि अन्तिम ६ विकेट मात्रै ३७ रनमा गुमाएपछि सस्तैमा रोकिएको थियो । पाथिरानाले उत्कृष्ट बलिङ गर्दै श्रीलंकालाई खेलमा हाबी बनाएका थिए ।

ओपनर मोहम्मद नइम १६, तान्जिद हसन डक, कप्तान सकिब अल हसन ५, तोवहिद ह्दोय २०, मुश्फिकर रहिम १३, मेहेदी हसन मिराज ५, मेहेदी हसन ६ र मुश्ताफिजुर रहमान डक आउट भए ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले ७.४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । महेश थिक्सेना ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट