उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने

  डेटूडे खबर डेस्क
  १४ भदौ २०८०

                            

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समयदेखि आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट