मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २३ भदौ २०८०

                            

एजेन्सी ।

मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण साढे ६ सय जना भन्दा धेरैको मृत्यु भएकाे छ ।

रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म ६ सय ६२ जनाको ज्यान गएको छ ।

सात सय जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । धेरै भवनको भग्नावशेषमा मान्छे पुरिएको शंका छ ।

रातको समय भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । केही गाउँ नै ध्वस्त भएका र त्यहाँ उज्यालो भएपछि मात्रै उद्धारकर्ता पुग्ने अधिकारीले बताएका छन् ।

मानिसहरु सडकमा बसिरहेका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट