विश्वको पहिलो मिथेनोलबाट चल्ने पानीजहाज सञ्चालन

  डेटूडे खबर डेस्क
  ३० भदौ २०८०

                            

एजेन्सी । विश्वको पहिलो मिथेनोलबाट चल्ने कन्टेनर पानीजहाज सञ्चालनमा आएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा सो जहाजको शुभारम्भ गर्दै उक्त जहाजको नाम ‘लौरा मार्स्क ’ राखेकी छन् ।
उनले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरु सफल बनाउन सञ्चालक कम्पनीलाई आग्रह पनि गरिन् । उनले चालक दलका सदस्यहरुमा यसले खुशियाली ल्याउने विश्वास व्यक्त गर्दै यात्रा गर्ने सबैका लागि सुरक्षित आश्रय हुने बताइन् ।

जहाज डेनमार्कको स्वामित्वमा रहेको सिपिङ कन्सोर्टियम एपी मोलर–मास्र्क को फ्लिटसँग सम्बन्धित छ । यो जहाजले ६५ प्रतिशत प्रदुषण उत्सर्जन कम गर्ने बताइएको छ । मार्स्क कम्पनीले थप २० मिथानोल सञ्चालित जहाजको योजना घोषणा गरेको छ । यी जहाज २०२६ देखि २०२७ सम्म निर्माण भइसकेर सञ्चालनमा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट