रुसमा \'कोरोना सङ्क्रमण नियन्त्रण गर्न\' एक हप्ताको विदा दिने

  डेटूडे खबर डेस्क
  ०३ कार्तिक २०७८

                            

जनकपुरधाम ।  रुसले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म भुक्तानी दिने तर काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको सङ्क्रमण रोक्न अक्टाेबर ३० देखि नोभेम्बर ७ सम्म देशभरि भुक्तानी दिने तर कर्मचारीहरूलाई काममा नआउने व्यवस्था गर्ने एक कानुनी पत्रमा आज बुधवार हस्ताक्षर गर्नुभएको हो ।

पुटिनले सरकारलाई भन्नुभयाे, ‘हामीले सामना गर्ने स्थितिलाई ध्यानमा राख्दै म निश्चित रूपमा अक्टाेबर ३० देखि नोभेम्बर ७ सम्म कर्मचारीको ज्यालाको सुनिश्चितता गर्ने तर देशभर काम नहुने दिनहरू लागू गर्ने प्रस्तावको समर्थन गर्दछु ।’

उहाँले आवश्यक परेको खण्डमा बिदाका दिनहरू विस्तार गर्न सकिने बताउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट