अभ्यास खेलमा अस्ट्रेलिया र अफगानिस्तान विजयी

  डेटूडे खबर डेस्क
  १७ असोज २०८०

                            

एजेन्सी । विश्वकप अघिको अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई र अफगानिस्तानले श्रीलङ्कालाई हराएको छ । हिजो भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १४ रनले हरायो । जितका लागि ३ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर ४ बलमा ३ सय ३७ रनमा अलआउट भयो ।

पाकिस्तानका कप्तान बाबर आजम सर्वाधिक ९० रनमा आउट भए । त्यस्तै, इफ्तिखर अहमदले ८३ रन जोडे । मोहम्मद नवाज ५० बनाएर आउट भए ।

अस्ट्रेलियाका मार्नस लाबुसेनले ३ विकेट लिए । मिचेल मार्श र प्याट कमिन्सले समान २/२ तथा ग्लेन म्याक्सवेल र शन एबोटले १/१ विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रन बनाएका थिए । त्यस्तै, क्यामरन ग्रीनले ५० रन जोडे । पाकिस्तानका उस्मा मिरले २ विकेट लिए । हरिस रौफ, मोहम्मद वासिम जुनियर, शादब खान र मोहम्मद नवाजले समान १/१ विकेट लिए ।

त्यस्तै, अर्को खेलमा अफगानिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो । गुवाहाटीमा पहिला ब्याटिङ गरेको श्रीलङ्का २ सय ९४ रनमा अलआउट भएको थियो । उसका कुशल मेन्डिसले सर्वाधिक एक सय ५८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

अफगानिस्तानका मोहम्मद नाबीले चार विकेट लिएका थिए । वर्षाले प्रभावित खेलमा अफगानिस्तानले ४२ ओभरमा २ सय ५७ रनको नयाँ लक्ष्य पाएको थियो । अफगानिस्तानले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

भारत र नेदरल्यान्डबीचकाे हिजोको अभ्यास खेल भने वर्षाले हुन सकेन । भारतमा हुने एकदिवसीय विश्वकप भोलिदेखि शुरु हुनेछ । भोलि हुने पहिलो खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट